दफा ४१९
मञ्जुरी नलिई सगोलको सम्पत्ति हस्तान्तरण गर्न नपाउने

(१) कसैले पनि सगोलका अंशियारको लिखित मञ्जुरी नलिई सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न पाउने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सगोलको सम्पत्ति हस्तान्तरण गर्दा सगोलका अंशियार लिखतमा साक्षीबसेको भए निजको मञ्जुरी लिएको मानिनेछ ।
(३) उपदफा (१) विपरीत कसैले सगोलको सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा छ त्यतिसम्पत्ति मात्र हक हस्तान्तरण गरेको मान्य हुनेछ । निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्तिसम्बन्धित अंशियारले फिर्ता लिन पाउनेछ ।